काठमाडौं । नेकपाको स्थायी समितिमा वामदेव गौतमले प्रस्तुत गरेको प्रतिवेदन पुष्पकमल दाहालले ड्राफ्ट गरेको भनी नेकपाको स्थायी समितिमा चर्चा चलेको छ । स्थायी समितिका सदस्यहरु त यतिसम्म पनि भन्ने गरेका छन् कि वामदेवको भाषा पनि दाहालकै लय र शैलीमा रहेको छ । छलफलकै क्रममा धारणा राख्दा गौतमले दाहाललाई एकल पार्टी अध्यक्षका लागि प्रस्ताव गरेपछि सबै पोलहरु खुलेको सहभागीहरुले बताउने गरेका छन् ।

हार्दिक शुभकामना !

नेकपामा असक्षम र अनैतिक नेतृत्वका कारण स्थायी समितिमा चुलिएको विवाद साम्य हुन सकिरहेको छैन । बैठकमा प्रम तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल आलोचनाको केन्द्रमा रहेका छन् । उनीहरुले आफू खुशी पार्टी र सरकार सञ्चालन गर्दै आएकोमा स्थायी समिति सदस्यहरुले खुलेरै आलोचना गरिरहेका छन् ।

तर आश्चर्यको कुरा त के भएको छ भने एकले अर्काको आलोचना गरेर भावनात्मक माहौल निर्माणगर्ने र नेतृत्व कसले हत्याउने भन्ने मात्र छलफलको सार देखिएको छ । नेता घनश्याम भुसाललगायतले केही वैचारिक तथा पद्धतिगत वहसहरुलाई छुन र सरकारले तय गरेको भनिएको समाजवाद निर्माणको कुरालाई उप्काउन खोजे पनि अधिकांशको धारणा भने खुद्रे र प्राविधिक मात्र रहेको छ । त्यस्ता नेताहरुको धारणा या त ओली–दाहालको बचाउमा पोखिएको छ या त विरोधमा मात्रै ।

पछिल्लो चरणमा अध्यक्ष द्वयका नाममा प्रस्तुत गरिएको प्रतिवेदन मूलतः ओलीको भएको र दाहालको भने वामदेव मार्फत् आएका हुनाले मुख्य दस्तावेजका विरुद्ध विरोधका स्वरहरु बढेमा धमिलो पानीमा माछा मरिहाल्छ कि भन्नेमा दाहाल अलि बढी विश्वस्त देखिएका गौतम पक्षधरहरुले बताउन थालेका छन् । उता दाहाल भने माछा त आउँछ वा आउँदैन ‘छ्याप्ल्याङ्ग’ भने पर्न गएकोमा निकै आशावादी नजरले डुलाइरहेका छन् ।

यस अतिरिक्त विभिन्न समाचार माध्यमहरुमा ‘पूर्व एमालेहरु दाहालको नजिक, ओलीदेखि टाढा’ भन्ने समाचारहरु आइरहँदा वामदेव र दाहालको कानेखुशी बढ्न थालेको बताइएको छ । उता ओली भने संघीय निर्वाचनका बखत आफूले वामदेवलाई हराएको कुरा स्वयम् वामदेवले खुलस्त गरेपछि केही अप्ठेरोमा भने परेका छन् । उनीमाथि नैतिक संकट आइपरेको सहभागीहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर