काठमाडौं । एक पटक विश्वभर साम्राज्य फैलाएको ‘सूर्य नअस्ताउने देश’ बेलायत अहिले आर्थिक मन्दीतर्फ धकेलिंदै गइरहेको छ । ब्रेकजिटको अन्यौलतासँगै ‘फ्रिजिङ मनी’ को रुपमा रहेको बेलायती स्टर्लिङ पाउण्डको भाउमा दिनदिनै गिरावट आइरहेको छ । पहिले डलरको तुलनामा करीब डबल मूल्य रहेको स्टर्लिङ पाउण्ड घट्दो अवस्थामा छ ।

अर्थविदहरुका अनुसार ब्रेकजिटको टुंगो नलाग्दासम्म बेलायती पाउण्डको भाउ घटिरहने छ । बेलायती अर्थतन्त्र सुधारका लागि युरोपियन युनियनबाट अलग रहने भनी थालनी गरिएको ब्रेकजिटको निकासमा देखिएको अन्यौलताका कारण बेलायती अर्थतन्त्र नै ओह्रालो लाग्दै गएको विश्लेषकहरुको मत रहेको छ ।

हार्दिक शुभकामना !

ईयुबाट बहिर्गनको एजेण्डा उठाएर चर्चामा आएकी बेलायती प्रधानमन्त्री टेरेजा मे यही एजेण्डाका कारण अहिले विवादमा तानिएकी छिन् । आफ्नै ४८ जना सांसदहरुले दिएको वैधानिकताको चुनौती सामना गरेर विश्वासको मत पाएकी उनी अब विपक्षी लेबोर पार्टीद्वारा राखिएको आविश्वासको एक हप्ताभित्र सामना गर्ने दबाबमा छिन् ।

प्रक्रिया लम्बिदै जाँदा राष्ट्रिय एजेण्डाका रुपमा रहेको ब्रेकजिट अब क्रमशः राजनीतिकरण हुँदै गएको छ । यही एजेण्डाका कारणले बेलायती संसदमा कञ्जरभेटिवको मत पनि विभाजित हुन पुगेको छ । आफ्नै सांसदहरु पनि विभजित भएपछि टेरेजा निकै संकटमा छिन् । विभाजित बेलायती संसदका लागि ब्रेकजिट ‘भेंडाको म्ुखमा कुभिण्डो’ झैं भएको छ ।

ब्रेकजिटको कुरा बेलायती राष्ट्रियतासँग जोडिए आए तापनि संसदमा भएको मतभिन्नताका कारण टेरेजा मेले नियमित सूचीअनुसार ब्रेकजिटको एजेण्डा संसदमा पेश गर्न सकेकी छैनन् । एजेण्डामा ‘गोल’ गर्न नसकेपछि उनीमाथि लगातार कहिले आफ्नै सांसदहरुले त कहिले विपक्षीहरुले खेलका लागि भकुण्डो फ्याँक्ने गरिरहेका छन् । भर्खरै मात्र विपक्षीले संसदमा दर्ज गरेको अविश्वासको मत परिणाम जेसुकै आए पनि टेरेजाले ‘फेस’ गरेरै जानुपर्ने देखिएको छ ।

तर विपक्षी लेबोर पार्टीका लागि पनि यो कम चुनौतीको विषय भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर