काठमाडौं । सुर्खेतमा बिरामी छोडेर कालीकोट जाँदै गरेको एम्बुलेन्स दैलेखको गुराँस गाउँपालिका–४ लाठेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुलेन्स दुर्घटनामा परि कालीकोट खाँडाचक्र नगरपालिकाका अन्दाजी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको हो ।

हार्दिक शुभकामना !

दुर्घटनामा परि एम्बुलेन्सका चालक गणेश खड्का घाइते भएका छन् । उनको अवस्था भने सामान्य छ । अस्पतालको एम्बुलेन्स चालक लंक खड्का भएपनि बुवाको निधन भएकोले गणेशले बिरामी ल्याएर सुर्खेत आएका थिए । कालीकोटमा एउटा मात्रै एम्बुलेन्स थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर