काठमाडौं । संवैधानिक परिषद्को विहीवार सिंहदरवारमा बसेको वैठकले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशका लागि सिफारिश गरेको छ । न्यायपरिषद्मा प्रधान न्यायाधीश सिफारिशका लागि राणा र दीपकराज जोशीको नाम पठाएको थियो । सिफरिश दुईमध्ये परिषद् बैठकले राणालाई प्रधानन्यायाधीशका लागि छनौट गरी सिफारिशका गरिएकको हो ।

न्यायपरिषद्ले सिफारिश गरेपछि अब राणाले संसदीय सनुवाईको औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले यही पौष १७ गतेपछि अवकाश पाउँदै छन् । ंसदीय सुनुवाइ समितिले राणाको नाम अनुमोदन गरेपछि उनी त्यही पुस १७ पछि प्रधानन्यायाधीश बन्नेछन् ।

हार्दिक शुभकामना !

इतिहासलाई अलिकति खोतल्यौं भने सर्वोच्चका न्यायाधीशहरुको चयनका तत्कालीन समयमा दीपकराज जोशी र चोलेन्द्र शमशेर राणालाई सर्वोच्चमा न्यायाधीश बनाउनु हुँदैन भनेर तत्कालीन एमाले, माओवादी केन्द्र र नेकपा संयुक्तका सांसदहरूले विपक्षमा भोट हालेका थिए थिए ।

एकातिर, अहिले संसदीय सुनुवाइ समितिमा तात्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको स्पष्ट बहुमत छ भने अर्कातिर चोलेन्द्र शमशेर राणा प्रधान न्यायाधीशका एक मात्र दाबेदारका रुपमा देखिन आए यद्यपि दीपकराज जोशीको नाम केवल सिफरिशका लागि सिफरिश गरियो । यहाँ संसदीय सुनुवाई समितिमा एक गम्भीर नैतिक संकट देखा परेको छ । नेकपाका सांसदहरुले राणालाई नै स्वीकृत गर्लान् वा जोशीलाई ल्याउलान् ? यी दुवै नैतिक संकटका विषय हुन् ।

अरु नयाँको खाजी गर्ने उपाय नै छैन किनकि अरु न्याधीशहरु कसैको पनि तीन वर्ष सेवा पुगेको छैन । सर्वोच्च अदालतमा तीन वर्ष सेवाअवधि पूरा भएका मात्र प्रधानन्यायाधीशका लागि योग्ग्य मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर