काठमाडौं । नेकपामा अहिले आन्तरिक विवाद निकै चुलिएर छताछुल्ल हुन पुगेको छ । नेकपाका सचिवायका एक थरी नेताहरु अहिले वैठक बहिस्कारमा लागेका छन् भने अर्काथरिका नेताहरु आफैले एकलौटी निर्णय गर्दै हिंड्न थालेका छन् । यसले नेकपामा सरकार पक्षधर र सरकार विरोधी जस्ता देखिन पुगेका छन् ।

हार्दिक शुभकामना !

सत्तापक्षधरहरु केपी ओलीको नेतृत्वमा आवद्ध भएका छन् भने अन्य चाहीं सामूहिक नेतृत्व निर्माण गरी अघि बढ्न थालेका छन् । उनीहरुले अहिले वैचारिक, पद्धतिगत, सांगठनिक तथा राजनीतिक रुपान्तरणका कुराहरु गरिरहेका छन् । ओलीदाहालको विचार कार्यशैलीले पार्टीलाई ध्वस्त बनाउँदै लगिरहेको आरोप यी पक्षधरहरुको रहेको छ ।

शनिवार बस्ने भनिएको सचिवालयको वैठकमा ओली र दाहाल निकै ढिला पुगेका थिए । त्यो टिममा महासचिव विष्णु पौडेल पनि सँगै थिए । ओलीदाहाल त्यहाँ पुग्दा नेकपाका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ बैठक कक्षबाट बाहिरिइसकेका थिए । उनीहरुका अनुसार वैठकमा पूर्वनिर्धारित समयभन्दा १५ मिनेट ढिलाइ नगर्ने सहमति भएको बताएका छन् ।

तर ओली दाहाल भने आधा घण्टा भन्दा ढिलो गरी राजर्षी ठाँटका साथ बैठकस्थल पुगेका थिए । त्यहाँ पुगेपछि उनीहरुले स्थायी समितिको वैठक बोलाउने एकलौटी निर्णय गरेका थिए । माधव नेपाल लगायत वैठक बहिस्कार गरेका नेताहरुले पहिल्यैदेखि स्थायी समितिको बैठकको माग गर्दै आएका थिए ।

झ्वाट्ट हेर्दा नेताहरुले ढिला गरेको प्राविधिक कुरा जस्तो देखिए पनि यो योजनामा भएको बताइएको छ । सरकारी पार्टी नेकपामा देखिएको यो विवाद क्रमशः बढ्दै जाने र पार्टी फुटको संघारसम्म पुग्ने पनि देखिएको छ ।

पछिल्लो चरणमा दिल्ली नेकपाबाट माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी, वामदेव र नेपाली कांग्रेसबाट देउवाहरुलाई पन्छाएर ओलीदाहाल तथा कोइराला पंक्ति मिलाएर डेमोक्र्याटिक दल निर्माण गर्न निकै ठूलो कसरतमा लागिरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर