काठमाडौं । अहिले विश्वमा ‘हाइस्पिड’ रेल सञ्चालन गर्ने होड निकै नै चलिरहेको छ । जसमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिस्पर्धा नै छ । अहिले विश्वमा सबैभन्दा तीब्र गतिमा गुड्ने रेलको रेकर्ड ६०३ किलोमिरट प्रतिघन्टा हो जुन जापानमा सञ्चालित छ ।

त्यस्तै, फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’ को परिभाषाभित्र राखिएको छ ।

हार्दिक शुभकामना !

नेपालमा सन् २०१९ को सुरुबाट जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झन्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर