काठमाडौं । वीर अस्पताल न्यूरो सर्जरी यूनिट १ का प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले चाकडी र घुसको रकम पुर्याउन नसकेको भन्दै राजिनामा दिएका छन् ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य–जनसंख्या मन्त्रीलाई सम्बोधन गर्दै डा. अधिकारीले राजिनामा पत्रमा लेखेका छन्, “विगत १ वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्यूरो सर्जरीमा कामकाज गर्दै आएको र वीर अस्पतालले बारम्बार पत्र लेख्दा तथा मैले अथक प्रयास गर्दा पनि पद खाली भएको र अन्य उम्मेदवार समेत नहुँदा पनि मेरे पोस्टिङ नगरी पूर्वाग्रह साथ दुःख दिएकोले र चकडी र घुस समेत मागे अनुसार दिन असक्षम हुँदा राजिनामा दिएको छु ।’
नवौं तह (प्राविधिक) प्रो.डा. अधिकारीले मंसिर ३ गते राजिनामा दिएका हुन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर