काठमाडौं । अमरिकी राष्ट्रपति ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्म्यानुअल म्याक्रोंबीच भनाभनको अवस्था सिर्जना भएको छ । प्रथम विश्वयुद्धको स्मरणको असरमा निमन्त्रणा गरिएका ट्रम्प पेरिस पुगेपछि टम्प र म्याक्रों बीच खटपट सुरु भएको थियो ।

हार्दिक शुभकामना !

पहिलो विश्वयुद्धमा पनि र दोस्रोे विश्व युद्धमा पनि अमेरिकाले नै खर्च गर्नुपर्ने तर युरोपले भने लडाइँमा भएको जीतपछि हात पारेका बहुमूल्य खरजाना र प्राकृतिक स्रोत साधन बाँडफाँडका लागि मात्र हात फिँजाउने भनेपछि म्याक्रों रिसाएका थिए । उनीहरुबीच केहीबेर तिक्ततापूर्ण भनाभन भएपछि कार्यक्रम सकिएको बाहना पारेर ट्रम्प पेरिसबाट बाहिरिएका थिए ।

ट्रम्पले अब युरोपले आफ्नो भिन्दै युरोपीय सेना निर्माण गर्नुपर्ने भनेर सुझाएका थिए । विवादका क्रममा नेटो सैन्य संगठन पनि अमेरिकाका लागि आर्थिक भार मात्र भएको र काम लाग्ने पनि नभएको बताएका थिए । यसको जवाफमा म्याक्रोंले अब युरोपले आफ्नै सैन्य फर्मेशन निर्माण गर्ने, तर त्यो अमेरिका, रुस र चीनका विरुद्धमा हुने बताएका थिए । यो कुराले अमेरिकी राष्ट्रपति चुल्होको तावा झैं रनक्क तातेका थिए ।

आमनेसामने गरेको कुराकानीमा टुंगो नलागेको र रिस नमरेको अवस्थामा हिंडेका ट्रम्पले ट्वीटरमार्फत् आफ्नो झोंक यसरी व्यक्त गरेका थिए– ‘फौज त बनाउला र बनाऊ पनि, तर अहिलेसम्म नेटो सैन्य फर्मेशनमा अमरिकाले ठूलो व्ययभार बोकेर युरोपलाई दिएको छूट सबै फिर्ता गर अनि मात्र ।’

यसले अमेरिका युरोपको फाटो निकै बढिरहेको देखाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर