नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना दिंदै देजमोले भन्यो, “नयाँ वर्षले देश र जनताको मुक्ति यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरोस्”

नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना दिंदै देजमोले भन्यो, “नयाँ वर्षले देश र जनताको मुक्ति यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरोस्”

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले नेपाल सम्बत् ११३९ को अवसरमा एक वक्तव्य जारी गर्दै नयाँ वर्षले देश र जनताको मुक्ति यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्दै सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेपाली र नेवारी भाषामा जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाली धर्तीमा नेपाली सर्वसाधारण जनता शंखधर साख्वाद्वारा प्रवर्तित तथा तात्कालीन अवस्थामा उनले जनताको ऋण तिरेर जनतालाई ऋणको बोझबाट मुक्त पारिएको खुशियालीमा देशको नामबाट स्थापित नेपालको राष्ट्रिय सम्बत् नेपाल सम्बत् ११३९ नयाँ वर्षको शुभउपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य र प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
आज राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाल झन गंभीर भएका छन् । महंगी, तस्करी, भ्रष्टाचार आक्कासिदो छ । दिनदहाडै हत्या र बलात्कार हुने तर अपराधी उन्मुक्त भएर हिड्ने अवस्था छ । वर्ग, जाति, क्षेत्र, लीङ्ग र समुदायमाथि उत्पीडन यथावत छ । सबै खाले विकृति विसंगति र उत्पीडनको अन्त्य गर्दै देश र जनताको मुक्ति यात्रामा अगाडि बढ्नका लागि नयाँ वर्षले प्रेरणा प्रदान गरोस् भन्दै सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”