नेपाल सम्बत् ११३९ को अवसरमा क्रान्तिकारी माओवादीद्वारा जनसमुदायमा शुभकामना व्यक्त

नेपाल सम्बत् ११३९ को अवसरमा क्रान्तिकारी माओवादीद्वारा जनसमुदायमा शुभकामना व्यक्त

काठमाडौं । नेपाल सम्बत् ११३९ को अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गरी आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले नेपाली र नेवारी भाषामा जारी गरेको वक्तव्यमा भनिएको छ, “अहिले देशमा एघार सय उनान्चालीसौँ नेपाल सम्बत् समाहरोह मनाइदै छ । नेपाल सम्बत्सित यसका प्रवर्तक शंखधर साख्वाःको नाम जोडिएको छ । कुनै राजा, महाराजा वा व्यक्ति नभई देशको नामबाट संबत्को नाम राखिनू अत्यन्तै गौरवको विषय हो । शंखधर साख्वाःले जनतालाई कार्तिक शुक्ल प्रतिपदामा ऋण मुक्त गरेको खुशियालीमा सोही दिनबाट नेपाल संबत्को शुभारम्भ भएको हो ।

नेपाली काँग्रेसको सरकारको पालामा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति र माओवादी सरकारका पालामा नेपाल संबत्लाई राष्ट्रिय संबत्का रुपमा घोषणा गरिनु हाम्रा लागि गर्वको विषय हो । शंखधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान अझै पुरा भएको छैन । हामी नेपाल संबत्को ११३९ सौँ वर्ष प्रवेशका शुभउपलक्ष्यमा सबै उत्पीडित समुदाय र श्रमजीवी वर्गको स्वतन्त्रता, मुक्ति र देशको सर्वभौमिकताको अभियान अझै सशक्त रुपमा अगाडि बढ्नका लागि जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”

pres statement in nepali -2075-07-22

press statement -2075-07-22 (1)