बढी उमेरका खेलाडी प्रयोगमा नेपालको कमजोरी

प्रकाशित मिति : २०७५ कार्तिक १७

काठमाडौं । पछिल्लो चरणमा विकास भएका र विश्वमा लोकप्रिय हुँदै गएका अन्डर फिप्टिन, अन्डर ट्वन्टी आदि किशोरका खेलहरुमा नेपालको तर्फबाट पठाएका खेलाडीहरु बढी उमेरको भएको भनेर खेलबाट निकालिने क्रम बढेर गएको छ । तर यस विषयमा सम्बन्धित पक्ष त्यति गम्भीर भएको देखिएको छैन । यसले नेपालको प्रतिष्ठामा धक्का पुर्याउँदै आएको छ ।

नेपालका मानिसहरु कदमा होचा र साना गाँठीका हुने भए पनि उमेर अवस्थाले उनीहरु बयस्क भइसकेका हुने र उमेर हदका कारणले खेलका नियमहरुको विपरीत छनौट गरिएका हुने ठहर गरिएको छ । परिचयपत्रमा उमेर घटाइए पनि तिनको उमेर उल्लेख गरिएभन्दा निकै बढी हुने गरेको पत्ता लाग्ने गरेको छ ।

खेलाडीको उमेर एम्आरआई गरी स्वास्थ्य परीक्षणमार्फत् हड्डीबाट पत्ता लगाइने गरेको छ ।