काठमाडौं । बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईको श्रद्धाञ्जली कार्यक्रम इच्छुक प्रतिष्ठानको हलमा गरिने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, इच्छुक प्रतिष्ठान र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त रुपमा आयोजना गर्ने श्रद्धाञ्जली कार्यक्रम शुक्रबार (भोलि) दिनको १२ बजे राखिएको आयोजकहरुले जनाएका छन् ।

हार्दिक शुभकामना !

क्रान्तिकारी माओवादी काठमाडौंका सदस्य, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार तथा काठमाडौं जिल्ला संयोजक समेत रहेका हुमागाईको कार्तिक ४ गते उपचारको क्रममा निधन हुन पुगेको थियो । ६५ बर्षे हुमागाईले चार दशकदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध रही जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका थिए । नेपालभूमि साप्ताहिकका संस्थापक सम्पादक, वर्गदृष्टि साप्ताहिकका स्तम्भकार तथा साहित्यकार रामचन्द्र हुमागाईको श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ लगायत नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर