काठमाडौं । नेपालको वित्तिय व्यापारमा सोधनान्तर घाटा बढ्दो छ । आयात बढी र निर्यात कम हुँदा सोधनान्तर घाटा स्वतः बढ्ने गर्दछ । नेपामा हाल भित्रने भन्दा बाहिरिने रकम निकै बढी छ । यसले विदेशी लगानीलाई निरुत्साहित गरिरहेको छ भने स्वदेशी लगानीमा ऋण प्रवाह गर्न नसक्ने अवस्थामा पुर्याइरहेको छ ।

हार्दिक शुभकामना !

केही अर्थविदहरुले डलरको भाउ बढेसँगै नेपालमा पैसा बढी मात्रामा भित्रिइरहेको भने गरेको टिप्पणी समग्रमा गलत छ । उनीहरुले एक अंश रेमिटेन्स मात्र देख्न पुगेको सहजै थाह पाउन सकिन्छ । देशमा बजार भाउ ४ प्रतिशतले वृद्धि भइरहेको छ । पैठारीका लागि सामानहरु अत्यधिक कमी हुँदै गइरहेका छन् । भएका पनि व्यवस्थित हुन सकिरहेका छैनन् ।

निकासी निकै बढ्दो छ । खेतीयोग्य जमिन बाँझिदै गएको छ । उद्योगधन्दाहरु बन्दको अवस्था छन् । यसले देशमा एक त उत्पादन घटिरहेको छ, दोस्रो कुरा, बेरोजगारीको समस्या पनि बढ्दै गइरहेको छ । डलरको भाउ आकाशिएकाले तिर्नुपर्ने ऋण उत्तिकै महंगोमा चुक्ता गर्नु परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर