गुल्मीको सत्यवती गापामा देजमोको गाँउ कमिटि गठन

गुल्मीको सत्यवती गापामा देजमोको गाँउ कमिटि गठन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल गुल्मीको सत्यवती गाँउपालिकामा एक भेलाद्वारा देजमो वडा कमिटी गठन गरिएको छ । प्रदेश सदस्य क. टीका रानाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हस्तबहादुर श्रीसको अध्यक्षतामा १७ सदस्यीय देजमो वडा नं. ३ वडा कमिटी गठन गरेको हो । कमिटीका उपाध्यक्षमा नेत्र मिदुन, सचिवमा दुर्गा सुनार, कोषाध्यक्षओम श्रीस र सहसचिवमा मोहन श्रीस रहेका छन् ।
सदस्यहरुमा क्रमशः हिरा श्रीस, महेन्द्र श्रीस, दिपेन्द्र श्रीस, देवीराम श्रीस, चित्रबहादुर श्रीस, इन्द्र श्रीस, बाल सिंह श्रीस, रोशन श्रीस, भुपाल श्रीस, केशर मिदुन र अनिल मक्वानी रहेका छन् । भेलामा प्रमुख अतिथि टीका राना, युवा कम्युनिष्ट लिग ५ नं. प्रदेश सदस्य एवम गुल्मी इन्चार्ज क. प्रगति राना र देजमो ५ नं.प्रदेश सदस्य क. अर्जुन तरामुले समसामयिक विषयमा प्रशिक्षण मन्तव्य राखेका थिए ।