काठमाडौं । यातायातमा सिण्डिकेट व्युँझिएर भाडा बढाए लगत्तै हवाई यातायातमा पनि भाडा वृद्धि गरिएको छ । दसैंको मुखमा आएर अग्रिम बुकिङ भइरहेका हवाई टिकटहरुमा गरिएको मूल्य वृद्धिलाई लिएर प्यासेन्जरहरुले केही गुनासो पनि गरिरहेका छन् ।

हार्दिक शुभकामना !

तर सञ्चालकहरु आफैले स्वीकार गरी भन्ने गरेका छन् कि चाडपर्वका बेलामा एक खालको लडाइँ जस्तो नै हुन्छ । यो लडाइँ टिकट बुक गर्नका लागि प्यासेन्जरहरुका बीचमा पनि हुन्छ । र, यो लडाइँ कम्पिटिसनका लागि सञ्चालकहरुका बीचमा पनि हुन्छ ।

उनीहरुका अनुसार वर्षका करिब ८ महिनाहरुमा घाटामा उडान भरेर पर्वका यिनै तीनचार महिनामा वर्षभरि भएका घाटा पूर्ति गरिने अवसरहरु हुन् । त्यसैले एयर टिकट केही महंगो हुने गरेको पनि बताएका छन् ।

यसलाई एयर संचालकहरु ‘पिक सिजन’को संज्ञा दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर