काठमाडौं, असोज १८ । काठमाडौं उपत्यकाभित्र टिप्पर सञ्चालनको समयावधि पुनः पहिलाकै अवस्थामा ल्याइएको छ । टिप्परलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छोट्याइएको हो ।

अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्परहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

हार्दिक शुभकामना !

यसअघि टिप्परले ट्राफिक जाम र सडक असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको थियो ।

तर निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले उक्त निर्णय परिमार्जन गर्दै १ घण्टा बढाउने निर्णय गरेको थियो । यस्तो निर्णय गरेकै दिन सूर्यविनायकमा ट्रिपरको ठक्करबाट दुई जना गम्भीर घाइते भएपछि साविककै समयअनुसार सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

ट्राफिक प्रहरी महाशाखाले बिहीबार सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार