काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा नेपाल भ्रमणमा आउने भएका छन् । जयनगर कुर्था बर्दिबास रेलवेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न मोदी मंसिर १२ गते नेपाल आउने तयारी भएको हो ।
भारतीय राजदूत मञ्जिबसिंह पुरीसहित दिल्लीबाट आएको एड्भान्स टोली बिहीबार जनकपुर जाँदैछ । मोदी बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि १४–१५ भदौमा नेपाल आएका थिए । त्यसअघि राजकीय भ्रमणका क्रममा मोदी २८ र २९ वैशाखमा आएका थिए । त्यसबेला उनले काठमाडौं, जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए ।
त्यसअघि उनी सार्कको १८ औँ शिखर सम्मेलनका क्रममा २०७१ मंसिर १० र ११ मा नेपाल आएका थिए । प्रधानमन्त्री भएपछि उनले दोस्रो विदेशयात्राका क्रममा मोदी २०७१ साउन १९ र २० मा नेपाल आएका थिए ।