काठमाडौं । आउँदो साता रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भारतभ्रमणम आउँदै छन् । भारत भ्रमणका क्रममा उनले हतियाार किनबेच सम्बन्धी संझौता पनि गर्ने छन् । यसका लागि भारतले पूरै तयारी गरिसकेको बताइएको छ । जानकारीमा आएअनुसार फाइटर विमानसहित भारतले ५ अर्ब डलर बराबरको हतियार रसियाबाट खरिद गर्ने छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले संसारमा सबैभन्दा महङ्गो व्यापार कर लगाएको भनेर आलोचनात्मक रुपमा ‘ट्यारिफ किङ’ को सङ्ज्ञा दिएका छन् । विश्वमा पछिल्लो चरण व्यापार करलाई लिएर अमेरिकाको चर्को आलोचना भइरहेका बेला ट्रम्पले विश्वलाई भारततिर पनि हेर भनेर संकेत गरेका छन् ।
भारतले विश्वमा सबैभन्दा महंगो व्यापार कर लिएको भनेर यस अघि पनि पटक पटक टिप्पणी हुने गरेको थियो । तर अमेरिका भने चूप नै थियो । अमेरिकाका लागि यो फाइदाको कुरा पनि थियो । किनकि भारतले चर्को कर लगाएमा चिनियाँ सामानहरुले भारतीय बजारमा भाउ पाउने छैनन् । तर अमेकिाले सोचे अनुरुप नभएर भारतमा मात्र होइन, विश्वमा पनि चिनियाँ बजार छाउन थालेपछि ट्रम्प आफैले व्यापार कर निकै बढाए ।
अमेरिकाले एक महिना अघिमात्र भारतसँग प्रविधि किनबेचसम्बन्धि ‘कोम्कासा’ संझौता गरेपछि भारतीय व्यापार तथा प्रविधि बजारमा आफ्नो एकलौटी कायम हुने आशा गरेको थियो । तर भारतले रसियासँग फाइटर विमान किन्ने सहमति गरी रसियाका राष्ट्रपति पुटिनलाई आगामी साता निमन्त्रण गरे पछि ट्रम्पले भारतको हल्का आलोचना सुरु गरेका छन् ।
यता भारतले आफूलाई क्षेत्रीय शक्तिका रुपमा सुदृढ गर्दै अमेरिका र रसिया दुवै पोलसँग हाललाई सम्बन्ध कायम राखिरहने देखिएको छ । यसले अमेरिकाको चाहनामा केही असर त पारेको देखिन्छ नै । तर भारत भने चाइनासँग सतर्क रहँदै रसियासँग नजिकिने नीति लिएको स्पष्ट देखिन्छ । चीनलाई अलगाबमा पार्ने यो रणनीतिमा भने अमेरिका र भारत त्यति टाढा नभई नजिकै रहेको देखिन्छ ।
अर्को कुरा आफूलाई पनि भविष्यको एक महाशक्तिका रुपमा विकास गर्ने चाहना र आफ्नो अलि फरक ‘स्वत्व’ वा अस्तित्व बचाइराख्ने प्रयास पनि यसमा झल्कन्छ । भारतले व्यापार र हतियार तथा प्रविधि सम्बन्धमा रुस र अमेरिकालाई समदुरीमा राख्न चाहेको देखिन आउँछ ।