नेकपा बर्दियाद्वारा बजरंगलाल थारुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा बर्दियाद्वारा बजरंगलाल थारुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दिया जिल्ला समिति सदस्य तथा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दिया जिल्ला संयोजक लक्ष्मीनारायण थारुलाई पितृशोक परेको छ । उनका बुवा बजरंगलाल थारुको गत आइतवार साँझ करिब ९ः३० बजे ६५ वर्षको उमेरमा असामयिक निधन भएको थियो । दिवंगत थारुप्रति थारुप्रति नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाले श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

थारु मृगौलामा पानी जमेको, सुन्निएको र मधुमेह लगायतका रोगका कारणले विगत सात वर्षदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा निरन्तर उपचारमा थिए । उनको बर्दिया जिल्ला अस्पताल, भेरी अञ्चल अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, काठमाडौं टिचिङ अस्पताल, छाउनी अस्पताललगायत भारतको लखनऊमा समेत् उपचार गरिएको थियो । अन्तिममा औषधि उपचार चलिरहेकै क्रममा मधुवन नगरपालिका–९, धर्मवस्तिस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा उनको निधन भएको थियो ।

दिवंगत थारुको ८ जना छोरी, एक छोरा, बुहारी, एक नाती–नातिनी र श्रीमती छन् ।