काठमाडौं, असोज १२ । गुल्मी इस्मा गाउँपालिका वडा नं. २ का अध्यक्षले मोटरसाइकल चलाउन चालक नियुक्ति गरेका छन् । अध्यक्ष टीका रेश्मीले दैनिक कार्यसम्पादनका लागि सहज हुने भन्दै मोटरसाइकल चालक भर्ना गरेको छन् । राज्यका उच्च ओहोदा तथा शीर्ष नेताहरुले गाडी र चालक सुविधा लिने त नौलो कुरा होइन तर वडा अध्यक्षले ड्राइभर राखेको भने यो नयाँ नै हो ।

गाउँपालिका कार्यालय वा अन्यत्र जान उनले लु१ब १४८० नम्बरको मोटरसाइकल प्रयोग गर्दै आएका छन् । मोटरसाइकल चलाउन नजान्ने उनले रमेश घिमिरेलाई चालक राखेका छन् । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला जनप्रतिनिधिले नै मोटरसाइकल चालक भर्ना गरेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

हार्दिक शुभकामना !

चालक रमेश घिमिरेलाई नियुक्तिपत्रमा चाहिँ कार्यायल सहयोगीको पदमा नियुक्ति गरिएको छ । चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाइकलमा राखेर उनले भनेको ठाउँमा पु¥याउनु हो । कार्यालय समय वा अन्य समयमा उनको काम वडाध्यक्षको मोटरसाइकल चलाउनु हो । वडाध्यक्ष रेश्मीले प्रयोग गर्ने मोटरसाइकल गाउँपालिकाले केही महिनाअघि खरिद गरेको हो । गाउँपालिकाले वडाध्यक्षहरूका लागि एकएकवटा मोटरसाइकल किनेको छ । यसैगरी प्रमुख र उपप्रमुखका लागि गाडी खरिद गरिएको छ ।

वडाध्यक्ष रेश्मीले आफूसँग लाइसेन्स नभएकाले घिमिरेलाई चलाउन लगाएको बताए । उनले भने, ‘गाउँपालिका कार्यालय जाँदा मोटरसाइकल चढ्नुपर्ने हुन्छ । हिँडेर जान कठिन हुन्छ । मैले आफैं मोटरसाइकल चलाउन सक्दिनँ । लाइसेन्स पनि छैन । त्यसैले कार्यालय सहयोगीलाई मोटरसाइकल चलाउन लगाउँछु ।’ वडाध्यक्ष रेश्मीको सिफारिसमा घिमिरेलाई कार्यालय सहयोगी नियुक्त गरिएको हो । वडाध्यक्षले मोटरसाइकल चालक भर्ना गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा बेनामी उजुरी परेको छ । सतर्कता केन्द्रले कारबाहीका लागि त्यो उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ । केन्द्रले पनि छानबिन गरिरहेको एक कर्मचारीले बताए । जनप्रतिनिधिका अनियमितता विषयमा केन्द्रले आफैं सजाय गर्न सक्दैन । यसका लागि केन्द्रले अख्यितार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर