पोखरा, असोज ११ । आफ्नै श्रीमतीको हत्या गरी फारर श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा बुधबार राती श्रीमातीको हत्या गरेर उनी भागेका थिए । 

बिहानदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो । ५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेका खुलासा भएको छ । आफूले हत्या गरेको खबर छिमेकीलाई छोडेर उनी भागेका कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । श्रीमतीलाई प्यारालाइसिस भएको बताइएको छ ।

हार्दिक शुभकामना !

हत्यापछि शवलाई बोरामा पोको पारेर घरभन्दा केही पर फालेपछि मैले बूढीलाई मारेँ भनेर हिँडेका गुरुङलाई प्रहरीले धानबारीबाट पक्राउ गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर