बन्चरो प्रहार गरी आफ्नै छोराको हत्या

बन्चरो प्रहार गरी आफ्नै छोराको हत्या

टीकापुर, असोज ९ । टीकापुर–८ कालीमाटीका ७५ वर्षीय पहलबहादुर विकले घरायसी विवादमा बन्चरो प्रहार गरी ५२ वर्षीय छोरा कृतेको हत्या गरेका छन् ।

बन्चरो प्रहारले घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा शनिबार राति कृतेको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।