आगोसँग नजिस्कन रुस–चीनको चेतावनी

आगोसँग नजिस्कन रुस–चीनको चेतावनी

चीनलाई लक्षित गरी पहिलो पटक अमेरिकाले नाकाबन्दी लगाएपछि चीनले अमेरिकालाई आगोसँग नजिस्कन शुक्रवार चेतावनी दिएको छ । यदि यो चेतावनीको बेवास्ता गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने पनि बताइएको छ । अमेरिकाले चीन र चिनियाँ सैनिकका नाममा गरेको नाकाबन्दी रुसी नाकाबन्दीको विषयसँग जोडेर गरिएको हो । तर यो नाकाबन्दी चीनका लागि भने पहिलो पटक हो ।

पुटिनका प्रवक्ताका अनुसार अमेरिकाले रुसविरुद्ध नराम्रो खेल खेलिरहेको र मस्कोलाई विश्व बजारबाट निकाल्ने प्रयत्न गरिरहेको छ । अमेरिकाले चीनमाथि नाकाबन्दीको घोषणा गरेर स्वयम् अमेरिकाकै चुनौतीको दायरालाई फराकिलो पारेको खुलासा समेत् गरिएको छ । रसियाबाट चीनले युद्धक विमान तथा मिसाइलहरु किन्ने निर्णय गर्नु सामान्य कुरा रहेको पनि बताइएको छ ।

क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभका अनुसार यस्तो खाले अस्वस्थ, बेइमान, गैरबजारीया प्रयास र इखको भावनाले अमेरिका विश्व बजारबाट आफ्ना प्रमुख प्रतिस्पर्धीहरुलाई निकाल्ने र एकछत्र बजारलाई कायम गर्ने दिशातिर उन्मुख भइरहेको छ । यसले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको छ । अमेरिकाले बहुलट्ठीपनका आधारमा नाकाबन्दी बढाउँदै लगेको कुरा स्वीकार गर्दै पेस्कोभले रसियाले यसका विरुद्धमा के र कस्तो योजना अघि सार्छ भन्ने कुरा भने बोलेका छैनन् ।

विहीवार चिनियाँ सेनाले रुसबाट शुखोइ सु–३५ युद्धक विमान र एस्–४०० जमीनबाट आकाशमा मार गर्ने क्षेप्यास्त्र किन्ने निर्णय गरेपछि अमेरिका व्यापार युद्धबाट हातहतियार किनबेचको सैन्य रंगमञ्चतिर प्रवेश गरेको हो । यसले अमेरिका उसको प्रतिद्वन्दी रसियासँग सम्बन्ध राख्ने देशहरुमाथि जाइ लाग्ने संकेत देखाएको छ ।

अमेरिकाको यो नाकाबन्दी घोषणापछि चीनले भनेको छ कि त अमेरिकाले यो नाकाबन्दी फिर्ता गरोेस्, कि त कि यसको परिणाम भोग्न तयार होस् । चीनले पनि अमेरिकाको यो कार्यले अन्तर्राष्ट्रिय कानुन निकै उल्लंघन गरेको र चीन–रसियाबीचको दुई देशीय सम्बन्धबीच खलल पुर्याउन खोजेको भन्दै चिनियाँ प्रवक्ता शुआङले अमेरिकाले उसको यो तथाकथित ‘नाकाबन्दी’ गल्ती कमजोरी छिट्टै सच्याएर फिर्ता गरोस्, होइन भने यसको परिणाम भोग्न ऊ तयार रहनै पर्छ ।

चीनले त यहाँसम्म पनि भनेको छ कि विश्वमा अमेरिकाको एकलौटी दादागिरी तोड्न रुस–चीनका बीचमा एक ठूलो सैन्य अभ्यास पनि गरिएको छ, जसले चीन–रुसका बीचमा सम्बन्ध घनिष्ठ बनाएको छ ।

रसियाले अमेरिकाप्रतिको आफूहरुको परनिर्भरता छिट्टै अन्त्य गर्ने गरी अमेरिकी डलरका विरुद्धमा विकल्प खोजिएको पनि बताएको छ । अमेरिकाको आगोसँग जिस्कने कार्य एक सिल्लीले गर्ने काम भएको भन्दै यसको संभावित खतराप्रति ध्यान दिन पनि चेतावनी दिइएको छ । यस्ता अर्थ न बर्थका महत्वहीन नाकाबन्दीहरु (अमेरिकाले रुसमाथि सन् २०११ बाट लगाएको) सबै गन्ने हो भने ६० पटक भइसकेको छ । गत वर्षमात्र रसियाले १४ बिलियन डलर बराबरको हातहतियार बेचेको थियो । कुरा त के पनि भएको छ भने नेटोको सदस्य राष्ट्र टर्कीले रुससँग एस्–४०० जमिनबाट आकाशमा मार हान्ने मिसाइल किन्ने कुरा पनि गरिरहेको छ ।

हाल चीनले ६० बिलियन डलर बराबरको अमेरिकी सामानमा र रुसले २०० बिलियन डलर बराबरको अमेरिकी सामानमा व्यापार कर लाउने तयारी गरिरहेका छन् ।