काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगत क्रान्तिकारी धातु मजदुर संघको ललितपुर महानगरपालिका वडा नं. ७ बाफलको इकाइ कमिटि अध्यक्षमा विरबल घतानी चयन भएको बताइएको छ । संगठन विस्तार र जनपरिचालन अभियान अन्तरगत उक्त इकाइ कमिटि गठन गरिएको हो ।

विरबल घतानीको अध्यक्षतामा नवगठित उक्त कमिटिको उपाध्यक्षमा हिनेश रिजाल, सचिवमा आयुष सेन्चुरी, सहसचिवमा विनय लामा र कोषाध्यक्षमा भरत रसाइली रहेका छन् । त्यसैगरी सदस्यहरुमा राजकुमार दियाले, गणेश तोलामी, कलम सुनुवार, उमेश लकाइली, राजकुमार लगन र कुमार घतानी रहेका छन् ।

हार्दिक शुभकामना !

उक्त कमिटि गठन हुँदा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी धातु मजदुर संघका केन्द्रीय संयोजक दिनेश थापा (अविरल) को विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर