बुटवल । रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको महिला आन्दोलन र तीज विषयक अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बदलिएको परिस्थिति र परम्परागत तीजका बीचमा देखिएको अन्तरविरोधमाथि प्रकाश पारिनु यस अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको थियो ।

उक्त अन्तर क्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य केबी गुरुङले महिलामाथि हुने विभेदविरुद्ध समानताका लागि आवाज उठाउनु पर्ने बताएका थिए । उनले अन्धविश्वास, विकृति–विसंगति र व्यापारीकरणविरुद्ध लाग्न महिलाहरुलाई सुझाब दिएका थिए ।

तीजसँग महिला विभेद जोडिएको भन्दैं उनले त्यसका विरुद्ध महिलाहरु उठ्नु पर्ने बताएका थिए । उनले तीजमा निराहार ब्रत बसेर श्रीमान्को दीर्घायु र अविवाहित महिलाले सुयोग्य श्रीमान पाउंने भ्रमबाट मुक्त हुंन आग्रह गरेका थिए ।

कार्यक्रममा अर्का पोलिटव्यूरो सदस्य प्रेम सुवेदी, केन्द्रीय सदस्य पिताम्बर आचार्य, रुपन्देही सचिव केजी कुमार पौडेल, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य निमकला पुन, जिल्ला अध्यक्ष दीपा सिटौला, सचिव कमला गौतम, सदस्य चिजा श्रीस र रुपा थापा लगायतले बोलेका थिए ।

कार्यक्रम संघकी उपाध्यक्ष धनकुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर