काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयपछि महाअभियोग झेल्न पुग्ने अवस्था सिर्जना हुन गएको छ । अमेरिकी प्रशासनले यसलाई छल्नका लागि आन्तरिक तयारी पनि गरिरहेको बताइएको छ ।
तर विपक्षी तथा उच्चस्तरीय कुटनीतिज्ञहरुले भने यो अनिवार्य भएको बताउन थालेका छन् । यसको सुइँको पाएपछि ट्रम्पले यदि उनीमाथि महाअभियोग लगाइए देशमा आर्थिक डावाँडोलको स्थिति सिर्जना हुने चेतावनी पनि दिइसकेका छन् ।
तर धेरै अमेरिकीहरु ट्रम्पको यो भनाइसँग सहमत छैनन् । उनीहरु आन्तरिक तयारीमा जुटिरहेका छन् । अमेरिकीहरु ढिलो वा चाँडो टम्पलाई महाभियोग लगाएको देख्न चाहन्छन् ।
ट्रम्पमाथि चुनावमा रसियासँग मिलेको, व्यक्तिगत आचार विचार असल नभएको, महिलामाथि यौन हिंसा गरेको, चुनावमा आचारसंहिता विपरीत पैसा बाँडेको र बुथमा धाँधली गरेको आरोप छ ।