१३ र १५ गते उपत्यकामा बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने

१३ र १५ गते उपत्यकामा बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा अगामी बुधबार र शुक्रबार बिजोर नम्बर भएको सवारी साधन मात्र गुड्न पाउने भएको छ । जोर नम्बर भएका चाहिँ १४ गते गड्नेछन् ।

१३, १४ र १५ गते हुन गइरहेको चौथो बिमस्टेक सम्मेलनलाई लक्षीत गरेर उपत्यकामा तीन दिन सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउन लागिएको हो । यस प्रणालीमा सवारी साधानको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर बिजोर लागु हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ । १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।