काठमाडौं । कञ्चनपुर घटनामा प्रत्यक्ष जोडिएका तात्कालिन एसपी डिल्लीराज बिष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको जनाएको छ । गृहले तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई पनि छानबिनका लागि काठमाडौं झिकाउने तयारी गरिरहेको छ ।
कञ्चनपुर घटनामा विष्टलगायतका छानबिनमा तानिएकाहरुको भूमिका सन्देहात्मक रहेको र उनीहरुकै कारणले यति ठूलो घटना घट्न पुगेको थियो । आखिरमा हत्यामा विष्टकै छोरा संलग्न रहेको तथ्यहरु जुट्दै गएका छन् ।
यो यथार्थताको जानकारी गृहमन्त्रीलाई हुँदा पनि उनको निर्देशनमा गरिएको बर्बर र अमानवीय हत्या तथा दमनका कारणले गृहमन्त्री बादलले पनि राजीनामा दिनुपर्ने भएपछि उनी निकै तनावमा रहेको बताइएको छ । तर उनलाई गल्ती गरे भन्ने पश्चात्तापको रत्तिभर बोध नभएको बताइएको छ ।