पाँच महिला संगठनहरुद्वारा नेकपाका प्रवक्ता प्रकाण्डको रिहाइको माग

पाँच महिला संगठनहरुद्वारा नेकपाका प्रवक्ता प्रकाण्डको रिहाइको माग

काठमाडौं । पाँच महिला संगठनहरुले मौलिक हक रक्षाको माग गर्दै एक विज्ञप्ति मार्फत् नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माको तुरन्त रिहाइको माग गरेका छन् । विज्ञप्तिमा जनाइए अनुसार सरकार दुईतिहाइको दम्भले फुलेर मौलिक हकअधिकारको संरक्षण तथा संवर्द्धन भन्दा पनि राजनीतिक एकाधिकार लाद्न लागिपरेको जनाइएको छ ।

सरकारको यो कदमलाई दुस्पयासको संज्ञा दिंदै सरकार बाहिर रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई गिरफ्तार गर्ने, हिरासतमा राख्ने, क्रुर यातना दिने र आत्मसमर्पण गर्न लगाउने गरी मच्चाइरहेको राज्यआतंक बन्द गर्न चेतावनी समेत् दिइएको छ ।
पाँच महिला संगठन तथा हस्ताक्षरकर्ता नेतृहरुमा अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सहसचिव रुपा गेलाल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कोषाध्यक्ष प्रतिमा गहतराज, अखिल नेपाल प्रगतिशील महिला संघकी उपाध्यक्ष जनक कुमारी चालिसे र महिला शक्ति महासंघ नेपालकी संयोजक मनु हुमागाई रहेका छन् ।