बझाङ जिल्लाको केदारशिव गाउँपालिकामा रहेका गर्जेपानी उच्च माध्यमिक विद्यालय र बेताल उच्च माध्यमिक विद्यालयमा मंगलवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का दुई इकाइ कमिटीहरु गठन गरिएका छन् ।

गर्जेपानी उच्च माध्यमिक विद्यालयमा सन्दीप मल्लको अध्यक्षतामा १७ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । यस इकाइको सचिवमा सुनिला मल्ललाई चयन गरिएको छ । त्यसै गरी बेताल उच्च माध्यमिक विद्यालयमा धनराज रावलको अध्यक्षतामा इकाइ कमिटी गठन गरिएको छ । यस इकाइको सचिवमा लक्ष्मी भण्डारीलाई चयन गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर