कलंकीको अन्डरपास भोलीदेखि सञ्चालन आउने

कलंकीको अन्डरपास भोलीदेखि सञ्चालन आउने

काठमाडौं, साउन ३१ । चिनियाँ सहयोगमा निर्माण भएको नेपालकै पहिलो अन्डरपास कलंकी अन्डरपास सडक भोलीदेखि सञ्चालनमा आउने भएको छ ।

सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भइसकेको जानकारी दिए ।

उनका अनुसार कलंकी चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सञ्चालनमा आए सँगै सो क्षेत्रको सडक जाम कम हुने अपेक्षा गरिएको छ । ‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।

यो ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् ।

खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।