बझाङ देजमोको जुरझाथली गाउँपालिका समिति गठन

बझाङ देजमोको जुरझाथली गाउँपालिका समिति गठन

काठमाडौं । बझाङको जुरझाथली गाउँपालिकामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको ९ सदस्यीय गाउँपालिका समिति गठन भएको छ । उद्यमसिंहको अध्यक्षतामा गठित उक्त समितिमा गाउँपालिका भित्रका सबै वडाहरु समेटिने गरी सदस्यहरु राखिएका छन् ।

बझाङका जिल्ला सेक्रेटरी गौरब र जिल्ला सदस्य असफलको आतिथ्यतामा उक्त समिति निर्माण गरिएको बताइएको छ ।

त्यसै गरी बझाङ जिल्लाकै मत्थरी मा.वि.मा ललित बोहराको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इकाइ समिति गठन गरिएको बताइएको छ ।