काठमाडौं, साउन २९ । नेपाली बजारमा सर्वाधिक रुचाइएको बजाजको पल्सर १५० ले आफ्नो नयाँ भर्सन सार्वजनिक गरेको छ । नेपालको आधिकारिक बिक्रेता एजएच बजाजले १ सय ५० सीसी सेगमेन्टको पल्सरको नयाँ भर्सन सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ पल्सर १५० मा डबल डिस्क रहेको छ र बिक्री पनि सुरु गरिसकेको छ ।
नयाँ पल्सर १५० मा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याइएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस मोटरसाइकलमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।
नयाँ बजाज पल्सर १५० टीडीमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आकर्षित गर्न बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ । एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । मोटरसाइकलमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ ।
स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । मोटरसाइकलमा मस्कुलर लूक रहेको छ ।
पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इन्जिन रहेको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की र ५ गिएरमा उपलब्ध रहेको छ ।
पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य २ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले प्रडक्टको डिजाइन, क्वालिटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको रोजाइमा पर्ने गरेको बताए । बजाजले जसरी आफ्ना उत्पादनमा प्रविधिको प्रयोग गरिरहेको छ, त्यसले सधै आफूलाई अब्बल प्रमाणित गर्दै आएको छ । बजाजको लिगेसीलाई यो पल्सर १५० टुइन डिस्कले क्यारी गरेको गोल्छाको दाबी छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो । यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । पल्सर १५० टुइन डिस्कले चालकको अपेक्षा पूरा गर्नेमा आफूहरु विश्वस्त रहेको गोल्छाको भनाइ छ ।