अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ २ नम्बर प्रदेश कमिटी गठन

प्रकाशित मिति : २०७५ श्रावण २५

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको २ नम्बर प्रदेश कमिटी शुक्रवार गठन गरिएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार उक्त प्रदेश कमिटी ११ सदस्यीय रहेको छ । नन्दुकुमार झाको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा तुलबहादुर विश्वकर्मा, देवनारायण यादव, बुद्धे विक, विजय सिंह, अशोक यादव, नन्दु विक, यज्ञप्रसाद गौतम रहेका छन् । समितिमा तीनजना सदस्य पछि थप गरिने भएको जनाइएको छ ।

उक्त समिति गठन गर्दा देजमोका सचिवालय सदस्य कमल चौधरी, ट्रेड युनियन महासंघको कार्यालय सदस्य मोहनसिंह तामाङ तथा नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सेक्रेटरी क. रमेश अतिथिका रुपमा उपस्थित रहेको जनाइएको छ