गत वर्ष सन् २०१७ नोभेम्बर १ (वि.सं. २०७४ कार्तिक १५) गते कुरा हो । दिनको २.४० बज्दै थियो । हाम्रो १५ सदस्यीय टोली फ्लाई दुबैको जेट विमानबाट रुसको राजधानी मस्कोस्थित भेनोकोभो अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लियो ।

हामी रुसकै ऐतिहासिक सहर लेनिनग्राद जाँदै थियौं । लेनिनग्रादमा सन् १९१७ अक्टुबर २५ (नोभेम्बर ७) का दिन महान् लेनिनले सशस्त्र जनविद्रोहको उद्घोष गर्नु भएको एक ऐतिहासिक स्थान थियो । त्यस महान् अक्टुबर क्रान्तिले सन् १९१७ नोभेम्बर ७ का दिन १०० वर्ष पूरा गर्दै थियो । त्यस ऐतिहासिक दिन रुसका क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीहरुले आयोजना गर्न लागेको अक्टुबर क्रान्तिको सतवार्षिक उत्सवमा भाग लिन जादै थियौं, हामी ।

राजधानी मस्कोमा नोभेम्बर १ देखि ४ सम्म बस्ने र त्यहाँ लेनिन स्टालिनले गरेका योगदान र विरासतका साथै अन्य ऐतिहासिक महत्वका विषयमा अध्ययन, अवलोकन गर्ने कार्यक्रम तय गरिएको जानकारी हामीलाई आयोजकहरुले दिएका थिए । ४ नोभेम्बरका दिन राती रेल्वे लाइनको यात्राबाट लेनिनग्राद जाने कार्यक्रम थियो । लेनिनग्रादमा नोभेम्बर ५ देखि १० सम्म रहने जानकारी हामीलाई नेपालमै रहेको बेला पठाइएको थियो ।

फ्लाई दुवैको जेट विमानबाट ओर्लिएपछि सरासर अध्यागमन शाखामा पुग्यौं । हामी सबैका पासपोर्टहरु अध्यागमनले लियो । सुरक्षा गार्डहरुले हामीलाई विनम्रतापूर्वक वेटिङ्ग रुममा बस्न आग्रह गरे । समय अलि बढि नै लागेको थियो । बीचमा एकजना महिला सुरक्षा गार्ड हामी भएका ठाउँमा आएर “तपाईहरुलाई रिसिभ गर्न बाहिर गेट तपाईका मान्छेहरु आइसकेका छन्” भनिन् । एकक्षणपछि हामीलाई बोलाई कडा जाँच पासपछि सामान तथा ठूला ब्यागहरु भित्र पठाएपछि हामीलाई पनि भित्र पठाइयो । हामी दुई तला माथि थियौं । पासपोर्टसँगै अधिकृतले सही गरेको एउटा स्लिप दिइयो, त्यो फर्कदाखेरि अनिवार्य रुपमा त्यही ठाउँमा बुझाउनु पर्ने रहेछ ।

हामीहरु लिफ्टबाट तल्लो तलामा झर्यौं र ठूलो ब्यागहरु आइ पुग्ने ठाउँमा गयौं झोलाहरु आएपछि लिएर विमानस्थलबाट बाहिर निस्कने क्रममा थियौं । अली पर गेटमा रुसी क्रान्तिकारी कम्युनिष्ट नेता कमरेड दिमित्री कोन्चेन्कोको नेतृत्वमा एउटा टोली आएको रहेछ हामीलाई स्वागत गर्नका लागि । हामी मूल गेटबाट ठूला ठूला झोलाहरु लतार्दै बाहिरियौं गेटमा हामीलाई स्वागत गरियो । दिमित्रीका साथमा एलेक्सी, यन्तोन तथा एलिशा समेत हुनुहँुदोरहेछ । क. दिमित्रीसँग त मेरो उत्तर कोरियामा चिनजान, वस, उठ भएको थियो । अन्य कमरेडहरुसँग परिचय ग¥यौं ।

दिमित्रीको नेतृत्वमा अगाडि बढ्यौं र आधा बाटो गाडीबाट र आधा बाटो मेट्रो रेलको यात्राबाट हामीलाई बस्न व्यवस्था गरिएको होटेलमा पुग्यौं । मसहित ७ जनालाई एउटा होस्टेलमा राखियो । अन्यलाई होटेलमा । त्यही बखत ब्राजिल, बेल्जियम, नेदरल्याण्ड र कोरियाका कमरेडहरु पनि त्यही होटलमा आइपुग्नु भयो । परिचयभ यो । त्यति बेला रात परिसकेको थियो । बाहिर वाक्लो हिउँ जमेको थियो । ज्यादै चिसो थियो । हामी होस्टेलमा गयौं । खाना पकाउने व्यवस्था रहेछ । त्यही नै खाना आफैले पकाएर खायौं । यो ज्यादै शिक्षाप्रद विषय पनि थियो ।

भाेिलपल्ट बिहान नोभेम्बर २ का दिन बिहानको खाना खाएर युरोपियन टोली र हाम्रा अन्य साथीहरु बसेको होटलमा एलेक्सी र यन्तोनले लिएर जानु भयो । उहाँहरुले हामीलाई गाइड गर्नुभयो । होटेलमा पुग्दा क. दिमित्री पुगी सक्नु भएका रहेछ । त्यतिबेला विहानको ९ बजिसकेको थियो । सबै जम्मा भइसकेपछि दिमित्रीले रुसी भाषामा “पहिलो नम्बरमा रेडस्क्वायरमा रहेको माक्र्सको सालिकमाथि सलामी त्यसपछि महान् लेनिनको पार्थिव शरीर (शव) को अवलोकन गर्ने र त्यसै अवसरमा सलामी दिएर फर्कने कार्यक्रम छ । त्यसपछि अन्य कार्यक्रममा सहभागी भइन्छ” भन्नु भयो । त्यसलाई बेल्जियमका कमरेडले अंग्रेजी भाषाबाट हामीलाई बुझाउने काम गर्नु भयो ।

हामी त्यहाँबाट प्रस्थान ग¥यौं । करिब आधा घण्टा मेट्रो रेलको यात्रा पार गरेर मस्को पुग्यौं । विशाल शहरहरु देखिन्थे । सडकहरु पनि धेरै फराकिलो थिए । गाडीको भिडभाड पनि बाक्लो थियो । मलाई त कतिखेर वैज्ञानिक साम्यवादका सिद्धान्तकार तथा महान् दार्शनिक कार्ल माक्र्सको शालिक भएको ठाउँमा पुगिएला र सलामी दिने होला भनेर निकै कौतुहलता जागृत भएको थियो । साथै कतिखेर महान् लेनिनको पार्थिव शरीरमा सलामी दिने समय आउला भनेर जिज्ञाशु बनिरहेको थिए । सबै साथीहरुलाई त्यही जिज्ञासाले सताइरहेको देखिन्थ्यो ।
मैले सन् १९१६ जुलाई १६ का दिन बिहान चीनको राजधानी बेइजिङस्थित त्येनमेयन चोकमा रहेको अध्यक्ष माओ मेमोरियल हलमा राखिएको अर्का विश्वसर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङको पार्थिव शरीरमाथि लाल सलामीको सलामी दिने मौका पाएको थिए ।

त्यस्तै सन् १९१७ अप्रिल १५ का दिन उत्तर कोरियाका नेताहरु किम इल सङ र किम इल जङको पार्थिव शरीर उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेर सलामी दिने मौका पाइसकेको थिए । मलाई जुन क. माओको र क. किम इल सङ र किम इल जुङको पार्थिव शरीरको अवलोकन गरेको, सम्मानपूर्वक सलामी चढाएको त्यो ऐतिहासिक तथा अविस्मरणीय क्षेणको याद आइरहेको थियो र कतिखेर पुगौला र महान् लेनिनको पार्थिव शरीरमाथि पनि लाल सलामको सलामी चढाउला भनेर निकै आतुर लागि रहेको थियो ।
सडक, बाटोको वारिपारि सेतै हिउँ जमेको थियो । ज्यादै कठ्याङ्ग्रिदो चिसो थियो । नेपाली र युरोपियन गरी हाम्रो ४० जनाको संयुक्त टोली थियो । पहिले माक्र्सको शालिक भएको स्थानमा पुग्ने र त्यसपछि लेनिनको शव राखिएको स्थानमा पुग्ने जिज्ञासा र आतुरताले जाडोको पनि कुनै प्रवाह गरिएको थिएन ।

मस्कोस्थित विशाल रेडस्क्वायर मैदानको पश्चिम पार्टिको एउटा विशाल चोकमा कार्ल माक्र्सको विशाल शालिक रहेछ । त्यहाँ पुगियो र उहाँको शालिकमाथि बडो भावपूर्ण र हार्दिकताका साथ मुठ्ठी उठाएर लाल सलामको सलामी चढायौं । त्यहाँ फूल माला चढाउने संस्कृति रहेनछ । माक्र्सको विशाल शालिकमाथि लाल सलामको सलामी चढाएपछि ज्यादै गौरव र खुसीको अनुभूति भयो मलाई । हामीले त्यहाँ सामुहिक र एकल फोटाहरु खिचायौं ।

अब रह्यो, लेनिनको पार्थिव शरीर राखेको स्थानमा पुग्ने । हाम्रा मनहरु ज्यादै हतारिएका थिए त्यतैतिर कमरेड दिमित्रीको नेतृत्वमा त्यहाँबाट टोली अगाडि बढ्यो । सडकको वारिपारि ठूला ठूला भवनहरु देखिन्थे । हामी राष्ट्रपति भवन क्रेमलिन भवनको नजिक पुग्दै थियौं । त्यहाँबाट पूर्वतिर मोडियौं । विशाल रेडस्क्वायर मैदानको पश्चिमी गेटमा पुग्यौं । दायाँ पट्टीको भागबाट अगाडि बढ्यौं । अगाडि निकै ठूलो मानिसहरु लाइनमा लागेको देखिन्थ्यो ।

त्यही बीचमा सार्वजनिक शौचालय रहेछ । त्यसको उपयोग ग¥यौं । हामी पनि लाइनमा लाग्यौं । लाइन विस्तारै अगाडि बढिरहेको थियो । म भने कतिखेर लेनिनको शव राखेको स्थानमा पुगिएला र सलामी चढाउला भनेर निकै आतुरमा थिए । मन थाम्न धौधौ परिरहेको थियो । दाया भाग र पूर्वपट्टि विशाल रेडस्क्वायर मैदान देखिन्थ्यो । मैदानको वारिपारि चर्चाका मन्दिरका छतहरु देखिन्थे ।

हाम्रो टोली सुरक्षा गार्डहरुले चेकजाच गरिरहेको ठाउँनेर पुग्यो । उत्तरतिर विशाल तर लामो भवन देखिन्थ्यो । त्यही भवनमा नै लेनिनको शव राखिएको होला भनेर हामीले अनुमान गरिरहेका थियौं । दिमित्री अगाडि हुनुहुन्थ्यो । त्यसपछि म थिए । हामी सुरक्षा गार्डले चेक जाच गर्ने गेट मै पुग्यौं । चेकजाच निकै कडा गरिएको रहेछ । चेक जाँचपछि एउटा ज्यादै महत्वपूर्ण स्थानमा पुगियो । त्यहाँ धेरै रुसी सहीदहरुका फोटाहरु कदका शालिकहरु देखिन्थे ।

हामी छिटो छिटो हिंडिरहेका थियौं । त्यस गार्डेनका अन्तिमतिर स्टालिनको छोटो कदको शालिक राखिएको रहेछ । मैले फोटो खिचिहाले । यो ज्यादै महत्वपूर्ण क्षण थियो । त्यहाँनेर फोटो खिच्न कडाइ गरिएको थियो । तर अन्यत्र स्टालिनका शालिकहरु पाउन मुस्किल थियो किनकि बोरिश यल्तसिनको प्रतिक्रियावादी सरकारले उहाँका सबै सालिकहरु ध्वस्त पारेको पहिले नै सुनिसकेका थियौं ।

तिन÷चार सिंढी तल ओर्लि सकेपछि एउटा विशाल भवनको मूल ढोकानेर पुग्यौं । त्यहाँपनि लाइनमा लागेका मान्छेहरुलाई कडा सुरक्षा चेकजाँच गर्दै भित्र पठाउदै गरिएको देखिन्थ्यो । सुरक्षाकर्मीहरुले त्यो दृश्य देखिसकेपछि यही भवनको भित्र नै लेनिनको शव राखिएको होला भन्ने पूरै अनुमान लगाएँ मैले । हाम्रो चेकजाँच सुरु भयो । त्यसपछि हामीलाई मूल ढोकाबाट भित्र पस्न भनियो । पहिलो कोठामा पुग्यौं, त्यो एउटा हल जस्तै थियो । त्यहाँबाट पनि पश्चिमतिरको कोठातिर पस्ने रहेछ । पहिले दिमित्री भित्र पस्नु भयो, म पनि उहाँसँगै भित्र पसे । साथीहरु पनि लहरै भित्र पस्नुभयो । कोठा अलि अँध्यारो थियो ।

महान् लेनिनको पार्थिव शरीर (शव) लाई पूर्वतिर सिरानी राखेर आरामले सुताइएको रहेछ । अनुहार र हातहरुमा चम्किलो बिजुलीको प्रकाश दिइएको रहेछ । नजिकै पुगेर, लाइनबद्ध रहेर महान् लेनिनको त्यस पार्थिव शरीर (शव) माथि मुठ्ठी उठाएर लाल सलामको सलामी चढाएर भावपूर्ण तरिकाले सम्मान गरियो । त्यो क्षण अत्यन्तै ऐतिहासिक एवम् अविस्मरणीय रह्यो मेरो जीवनमा ।

महान् लेनिनको बारेमा त सानै उमेरदेखि, कम्युनिष्ट पार्टीमा लागेदेखि नै धेरै पटक मैले पढिसकेको थिए । महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको इतिहास पनि कम्युनिष्ट पार्टीमा आबद्ध भएदेखि लामो अवधिमा धेरै पक पढ्दै आएकै थिए । तर मेरो जीवनमा लेनिनकै देशमै पुगेर, लेनिनको त्यो ऐतिहासिक शव राखिएको स्थानमा स्वयम् भौतिक रुपमा उपस्थित भएर लेनिनको शवमाथि मुठ्ठी उठाएर लालसलामको सलामी चढाउने अवसर पाउँदाको त्यो क्षण मेरो जीवनको लागि ज्यादै महत्वपूर्ण ऐतिहासिक र अविस्मरणीय रह्यो ।

मस्कोमा लेनिनको पार्थिव शरीरलाई जस्ताको तस्तै राखिएको छ रे भन्ने कुरा त सुनेको थिए । तर त्यही नै पुगेर सलामी दिन पाउँला भनेर मैले कल्पना पनि गरेको थिएन । तर त्यो अवसम्भव थिएन नै । संभव भयो पनि । त्यो पनि लेनिन कै नेतृत्वमा सम्पन्न गरिएको महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको सत वार्षिकी उत्सव मनाउने सन्दर्भ मिलाएर रुसी कम्युनिष्टहरुले हामी विश्वका धेरै कम्युनिष्ट प्रतिनिधिहरुलाई आमन्त्रण गरेर मनाउन गइरहेका ऐतिहासिक अवसरको बेला पारेर । यो अवसर रुसका क्रान्तिकारी कम्युनिष्ट नेताहरु दिमित्री कोन्चेन्को भादिम कुजमिन आदि नेताहरुले जुटाइ दिनु भएको थियो । यो अवसरले मैले मेरा धेरै इच्छाहरु पूरा भएको अनुभूति गरेको थिए मैले ।

त्यस अविस्मरणीय क्षण पश्चात् हामी विशाल रेडस्क्वायर मैदानभएतिर निस्क्यिौं । लेनिन मेमोरियल भवनको छेउँबाट रेडस्क्वायर मैदानतिर अगाडि बढ्ने क्रममा मैले कमरेड दिमित्री पहिलो चरणमा र दोस्रो चरणमा कमरेड एलेक्सी यन्तोन, एलिशाका साथमा ऐतिहासिक फोटोहरु खिचाएँ ।

अन्तिममा रेडस्क्वायर मैदानको बीचभागमा पुगेर युरोपियन टोली र नेपाली टोली सहित रुसी कमरेडहरुका साथमा सामुहिक फोटाहरु खिचायौं । त्यो ऐतिहासिक क्षण मेरो जीवनकै लागि एक अविस्मरणीय क्षणको रुपमा ग्रहण गर्दै मनले नमान्दा नमान्दै महान लेनिनको पार्थिव शरीरको अवलोकन गर्ने र सलामी चढाउने कार्यक्रम समान ग¥यौं । जीवनभर कम्युनिष्ट पार्टीमा लागेर देश, जनता र क्रान्तिप्रति समर्पित भएकै कारणले होला त्यो ऐतिहासिक क्षणलाई मैले जीवनभर भुल्न नसक्ने अनुभूति बटुलेर त्यहाँबाट हामीहरु बाहिरियौं ।

प्रतिक्रिया

सम्बन्धित खवर