काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) काठमाडौंका सल्लाहकार केदार थापाको निधन भएको १२ दिनको दिन काठमाडौं जिल्ला पार्टीले आयोजना गरेको श्रद्धाञ्जली सभा कीर्तिपुरको पाँगा स्थित थापाको निजी निवासमा मंगलबार सम्पन्न भएको छ । क्रान्तिकारी माओवादी काठमाडौंकी सचिव सरुको अध्यक्षतामा सम्पन्न उक्त श्रद्धाञ्जलीसभालाई प्रमुख वक्ताको रुपमा पार्टी महासचिव मोहन वैद्य‘किरण’ले सम्बोधन गर्नुभएको थियो । सल्लाहकार थापाको असामयिक निधनबाट पार्टीलाई अपुरणीय क्षति पुगेको र उहाँको पार्टी जीवनको निष्ठा, सक्रियताबाट कम्युनिष्ट क्रान्तिकारीहरुले महत्वपूर्ण पाठ सिक्नुपर्ने भन्दै महासचिव किरणले दिवंगत थापाप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।


श्रद्धाञ्जली सभामा दिवंगत थापाकी श्रीमती अमला थापा, छोराहरु निर्मल, सुभाष र छोरी यमुना थापा, क्रान्तिकारी माओवादीका काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । इन्चार्ज श्रेष्ठका अनुसार दिवंगत ०५४ सालमा पार्टी सदस्यता लिएका थापाले जनयुद्धकालमा विष्फोटक पदार्थहरु लुकाउने, बोक्नेलगायत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ पुराना र इमान्दार क्रान्तिकारी कम्युनिष्ट नेताको रुपमा स्थापित हुनुहुन्छ ।

हार्दिक शुभकामना !

सुरेश तामाङले सञ्चालन गरेको श्रद्धाञ्जली सभामा क्रान्तिकारी माओवादी नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर