सुनवल नगरपालिका वडा नं. ८ को देजमो वडा अध्यक्षमा मनकुमारी सुनार

सुनवल नगरपालिका वडा नं. ८ को देजमो वडा अध्यक्षमा मनकुमारी सुनार

सुनवल । देशभक्त जनगणतान्त्रिक मोर्चा सुनवल नगरपालिका वडा नम्बर ८ को अस्नैयामा भएको भेलाले मनकुमारी सुनारको नेतृत्वमा ७ सदस्सीय वडा कमिटी चयन गरेको छ ।

वडा समितिको संयोजकमा मनकुमारी सुनार र सदस्यहरुमा चन्द्रमान मानन्धर, हरि श्रेष्ठ, ऋषिराम बिक, टंकप्रसाद श्रेष्ठ, अन्जु मानन्धर र सिर्जना श्रेष्ठ चयन भएका छन । शनिवार भएको भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी चोला, जिल्ला सचिवालय सदस्य लालसिंह देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक राजुप्रसाद खनाल, क्रान्तिकारी बुद्धिजीवी मञ्चका जिल्ला संयोजक भागीरथ चापागाई लगायतले मन्तब्य राखेका थिए । त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन विस्तार अभियान अन्तरगत भेला गरिएको जनाएको छ ।