काठमाण्डौं । अखिल नेपाल जनजाति महासंघ कास्कीको जिल्ला भेला पोखराको अमरसिंह चोकमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको समाचार प्राप्त भएको छ । भेलाले २१ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको पनि बताइएको छ ।
भेलाबाट निर्वाचित सम्मेलन आयोजक समितिको अध्यक्षमा तेजबहादुर गुरुङ, उपाध्यक्षमा श्रीधन राई, सचिवमा रामबहादुर पुन, सहसचिवमा हिमाल आले र कोषाध्यक्षमा दिलकुमारी पुन रहेका छन् । त्यसै गरी सदस्यहरुमा विष्णु राना, विनिता तामाङ, मानबहादुर गुरुङ, प्रेमराज मर्स्याङ्गी मगर, अञ्जु गुरुङ, नरबहादुर पुन, रुपा छन्तेल, राजबहादुर वाइवा, नवीना सिंजाली मगर, ईन्द्रबहादुर गुरुङ, धनमाया थापा, भीमबहादुर पुन र सर्वे तामाङ रहेका छन् । बाँकी तीनजनाको स्थान पछि पूर्ति गर्ने गरी हाललाई रिक्त राखिएको छ ।
भेलाका प्रमुख अतिथिमा नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य क. श्याम र अतिथिहरुमा कास्की इञ्चार्ज रामजी थापा र अनेमसं (क्रान्तिकारी) की कल्पना थापा रहेका थिए ।
भेलामा उपस्थित सबैलाई दिलकुमारी पुनले स्वागत भाषणद्वारा स्वागत गरेकी थिइन् । जेष्ठ तथा अग्रज श्रीधन राईको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन उर्मिला श्रीस मगरले गरेकी थिइन ।