नयाँ दिल्ली । नेपाली एकता समाज, भारतको संयुक्त प्रथम सम्मेलन सम्पन्न भएको छ । प्राप्त समाचार अनुसार मध्य दक्षिण राज्यअन्तर्गत उत्तर तथा दक्षिण हैदरावाद नगर समितिको संयुक्त प्रथम सम्मेलन सम्पन्न भएको हो । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाको प्रमुख आतिथ्यता तथा बरिष्ठ वामपन्थी नेता इन्द्रमोहन सिंग्देलको विशेष आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले गोविन्द केसीको सभापतित्वमा उत्तर हैदरावाद नगर समिति निर्वाचित गरेको छ । निर्वाचित हुने उक्त समितिका अन्य पदाधिकारीहरुका सभापति– गोविन्द केसी, उपसभापति – पदम बहादुर कार्की, सचिव– राम प्रसाद पौडेल, सह सचिव– टंक ठकुरी, कोषाध्यक्ष– कमल पुन रहेका छन् भने सदस्यहरुमा दिल माया थापा, मेग बहादुर बोगटी, प्रकास चापागाई, जीवन केसी, विक्रम विसी, पदम विक, युवराज कार्की, केशर भुल, मानबहादुर लामिछानेलगायत निर्वाचित भएका छन् ।
त्यसैगरी सम्मेलनले भूपराज घिमिरेको सभापतित्वमा दक्षिण हैदरावाद नगर समिति निर्माण गरेको छ । उक्त समितिका अन्य पदाधिकारीहरुमा उपसभापति– कमल सुनार, सचिव– राजेन्द्र धिमाल, सह सचिव– निर्मला विक, कोषाध्यक्ष – कुमार बुढामगर लगायत रहेका छन् भने सदस्यहरुमा ओमन राना, प्रेम थापा, भोजराज भुजेल, अमर बहादुर विक, निर्मला कुमारी शाही, सन्तोष विश्वकर्मा, महेन्द्र बहादुर शाहीलगायत निर्वाचित भएका छन् । दुवै समितिमा १ र १ सदस्य रिक्त राखिएको छ ।
सम्मेलनले नेपाली एकता समाज, भारत अन्तर्गत सांस्कृतिक नगर समिति र महिला नगर समिति पनि निर्वाचित गरेको छ । प्राप्त समाचार अनुसार पदम बहादुर कार्की अध्यक्ष रहेको हैदरावाद नगर सांस्कृतिक समिति निर्माण गरिएको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष – विक्रम विसी, सचिव – राजन खत्री, कोषध्यक्ष – मेखबहादुर बोगटीलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा रमेश बोगटी, प्रकास विक र सुशील परियारलाई निर्वाचित गरेको छ ।
त्यसैगरी दिलमाया थापा अध्यक्ष रहेको हैदरावाद महिला नगर समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष– मञ्जु क्षेत्री, सचिव – कृष्ण ठकुरी, कोषध्यक्ष सपना चापागाईंलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा कल्पना चापागाई, सीता कार्की, कविता वोगटी, सविता वोगटी, सुस्मिता कार्की, कौशिला भूल, देवीका शिवाकोटी, सुमित्रा लामिछाने, दुर्गा पुन, शान्ता गुरङ्ग, नानु गाहा, कोपिला धिमाललगायत निर्वाचित भएका छन् ।
टीकाराम भुलले अध्यक्षता गरेको सम्मेलन कार्यक्रमको सञ्चालन राजेन्द्र धिमालले गरेका थिए भने नेपाली एकता समाज, भारतका केन्द्रीय अध्यक्ष आनन्द थापा, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य छविलाल थापा, एकता समाजका केस लक्ष्मी आचार्य, बालकृष्ण सापकोटा, रामकुमार कार्की, समाजकी हैदरावाद महिला समिति अध्यक्ष सीता कार्की, दिलमाथा थापा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
भूपराज घिमिरेले स्वागत मन्तव्य राखेको सम्मेलनमा नेताहरु परि थापा, इन्द्रमोहन सिंग्देल, सीता कार्की, राम कुमार कार्की, बालकृष्ण सापकोटा, लक्ष्मीप्रसाद आचार्य, प्रतीक लामा, छविलाल थापा, आनन्द थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनको बीच बीचमा कलाकारहरुको टोलीले क्रान्तिकारी गीत र नृत्यहरु प्रस्तुत गरेको थियो भने नव निर्वाचित समितिलाई समाजका केन्द्रीय अध्यक्ष थापाले बधाई मन्तव्य राखेका थिए ।