गर्मीले जापानमा मानिसहरु मर्न थाले, बढ्दै छ जलवायु परिवर्तनको असर

गर्मीले जापानमा मानिसहरु मर्न थाले, बढ्दै छ जलवायु परिवर्तनको असर

काठमाडौं । अत्यधिक गर्मीका कारण जापानमा ६ दर्जनभन्दा बढी जापानीहरुको मृत्यु भइसकेको छ । २२ हजार भन्दा बढी गर्मीका करणले विरामीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । मध्य र दक्षिणी जापानमा गर्मी नसोचेको तहसम्म बृद्धि भएको छ ।

त्यसो त अगस्तमा त्यहाँ अति नै गर्मी हुन्छ । विषम खालको हावापानीका कारण जाडोमा त्यहाँ निकै नै जाडो पनि हुन्छ । तर २०० वर्षको अन्तरालमा यो वर्ष बढेको तापक्रम सबैभन्दा उच्च मानिएको छ । गत मंगलवार त्यहाँको तापक्रम ४१.१ डिग्री सेन्टिग्रेड पुगेको थियो । जापानले सन् १९१८ देखि तापमानको तथ्याङ्क राख्दै आएको छ ।

यो लगायत कोरियाली प्रायद्वीपमा पनि तापक्रमको मापन बढिरहेको छ । उत्तरी तथा दक्षिणी कोरियामा पनि ४० डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड अद्यावधिक गरिएको छ । जलवायु परिवर्तनको असरले गर्दा यो सबै हुन गएको जलवायु विज्ञ तथा वैज्ञानिकहरुको मत रहेको छ ।

अफ्रिकी देशहरुमा पनि तापक्रमको मात्रा बढ्दै गइरहेको छ । अमेरिकी देशहरुमा पनि तापक्रम घट्दो भने छैन । क्यानडा आफैमा हिमाली देश हो । यहाँ ३६ देखि ४३ डिग्रीसम्म तापक्रम रहन्छ । जर्मनीमा पनि तापक्रमका कारणले सडक पग्लने अवस्थाको सिर्जना हुँदै आएको छ । जर्मनीको ह्यानोभर विमानस्थल गर्मीमा पग्लने गरेको छ ।

प्रायः उत्तरी ध्रुवमा रहने देशहरुमा पङ्खा, कुलर र वातानुकूलनका सामग्रीहरु कम नै प्रयोग गरिन्छन् । भनिन्छ, सन् २००३ मा युरोपमा ७० हजार बूढाबूढी र केटाकेटीहरुको गर्मीका कारण ज्यान गएको थियो । जसलाई ‘हिट स्ट्रोक’ को संज्ञा दिइएको थियो ।

विशेषतः प्रशान्त महासागरमा बहने तातो पानीले आद्र्रताको मात्रा बढी बनाउने भएकाले पनि वातावरण आद्र्र भई तापमान बढाएको टिप्पणी पनि गरिन्छ । सवारी साधनहरु, आणविक भट्टीहरु, कलकारखानाहरु, खाना पकाउँदाका इन्धन खपत तथा वन डढेलो र फोहरबाट उत्सर्जित ग्याँस आदिले पृथ्वीको ग्रिनहाउसमा ठूलो असर पुर्याएका छन् ।

यी सबैको कारणले पृथ्वीको ओजन तह नस्ट हुँदै र पातलिँदै गएको छ । यसले पनि सूर्यबाट आउने अल्ट्राभायोलेट किरण सिधै पृथ्वीमा आउने वातावरण बनाएको छ । जसका कारण पृथ्वी तातिँदै गएको छ ।