काठमाडौं, साउन ८ । अत्याधिक गर्मीको कारण एक साता भित्रै कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ ।

अहिले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै एजेन्सीका प्रवक्ताले भनेका छन् कुनै कुनै भूभागमा गर्मीको स्तर धेरै नै देखिएको छ त्यसैले सजग र सचेत रहनुहोला ।

हार्दिक शुभकामना !

हिट स्ट्रोकको कारण कारण २२ हजार भन्दा धेरै अस्पताल भर्ना भएको र तीमध्ये आधा भन्दा धेरै वृद्धवृद्धा रहेको सरकारको आकस्मिक सहायता अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम पूर्वानुमानकर्ताहरुका अनुसार तातो हावाको आँधी कम हुने संकेत देखिएको छैन । सोमबार कुमागया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो ।

टोकियो शहरमा पहिलोपटक पनि ४० डिग्री भन्दा धेरै मापन गरिएको छ । जापानको मौसम पुर्वानुमान एजेन्सीले अगस्टको पहिलो सातासम्म गर्मी कम नहुने र तापक्रम ३५ डिग्री भन्दा धेरै हुने भएकाले सर्वसाधारणलाई सजग रहन आग्रह गरिएको छ ।

‘हामीले केही भूभागमा अत्याधिक स्तरको गर्मी भएको पाएका छौं’ एजेन्सीका प्रवक्ता मातोआकी ताकेकावाले भने, ‘तातोहावाको आँधी मानव जीवनको लागि चुनौती भएकाले त्यसलाई हामीले प्राकृतिक विपत्ति मानेका छौं ।’

जापानको आधाभन्दा कम विद्यालय मात्रै वातानुकुलित सुविधायुक्त भएकाले अत्याधिक गर्मीबाट बच्चाहरुलाई बचाउन गर्मी बिदा लम्ब्याइने सरकारी प्रवक्ता योसिहिदे सुगाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर