काठमाडौं । बेलायती सरकारले नेपाली महिलाहरुका लागि महिला गोर्खा भर्ती खोल्ने निर्णय गरेको छ । समान अवसरको नाराअन्तर्गत नेपाली महिलाहरुका लागि यो भर्ती खुलाइएको बेलायतले जनाएको छ । भर्तीका लागि नेपाली महिला आवेदकहरुलाई आह्वान गरिने पनि जनाइएको छ ।

यो भर्ती कति सङ्ख्यामा लिइने र कुन तहका सम्ममा लिइने भन्ने केही पनि खुलाइएको छैन । तर भनिएको छ, सन् २०२० सम्म नेपाली महिला गोर्खा आर्मीका नाममा नेपाली महिलाहरुलाई बेलायती सेना भर्नाका लागि खुल्ला गरिने छ । निकै गौरवका साथ प्रचारप्रसारमा ल्याइएको नेपाली महिला बेलायती सैन्य सेवामा भर्तीको विषयमा मिश्रित प्रतिक्रियाहरु नेपाली समाजमा आइरहेका छन् ।

हार्दिक शुभकामना !

एक थरिका अनुसार नेपाली महिलाहरुले नेपाली पुरुषसरह बेलायती सैन्य सेवामा भर्ती भई सेवा गर्न पाउनु ठूलो उपलब्धि नै भएको बताउन थालेका छन् । यो विचार वा मत राख्नेहरुका लागि बेलायतले भन्ने गरेको ‘समान अवसर’ नेपाली महिलाहरुका लागि पनि ‘प्राप्त हुने भएको’ छ । नेपाली राजनीतिक रङ्गमञ्चमा उठ्ने गरेको लैङ्गिक समानताको अवसर नेपाली महिलाहरुले बेलायती सैन्य सेवामा प्राप्त गर्ने छन् ।
अर्का थरिका अनुसार बेलातले आफ्नो उपनिवेशिक विरासत नेपालमा अझ जब्बर बनाउँदै लान थालेको छ । नेपाली महिला गोर्खा भर्ती यसको एउटा अर्को कडी बन्न पुग्दै छ ।

आजका दिनससम्म नेपाली गोर्खा सेनाले बेलायती सैन्य सेवामा काम गरेको २०० वर्षभन्दा बढी भइसकेको छ । सन् १९१४ देखि सुरु भएको प्रथम विश्वयुद्धमा १ लाख १२ हजार नेपालीहरुले बेलायतको सैन्य सेवामा भर्ती भएर बेलायतको पक्षमा काम गरेका थिए । त्यसै गरी सन् १९४५ देखि सुरु भएको दोस्रो विश्व युद्धमा २ लाख भन्दा बढी नेपालीहरु बेलायती सेना भएर लडेका थिए ।

ब्रिटिश–इण्डिया कम्पनीको पालामा बेलायत–भारत–नेपालबीचमा भएको त्रिपक्षीय सन्धीसम्भौता अन्तर्गत बेलायतमा हालसम्म नेपाली सैन्य सेवा यथावत छ । बेलायती सैन्य सेवामा नेपालीहरु ‘ब्रिगेड अफ गुर्खाज्’ अन्तर्गत हरेक वर्ष नयाँ नयाँ रिक्रुट लिने गरिएको छ । यसै आधारलाई टेकेर हालै मात्र नेपाली महिलाका लागि बेलायती महिला सैन्य सेवामा भर्ति गरिने तयारी भएको बेलायतले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर