काठमाडौं, साउन १ । नेपाल राष्ट्र बैंकले विदेश जाँदा र विदेशबाट फर्कदाँ कति नगद बोक्ने पाउने भन्ने कुराको सीमा तोकिदिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात मंगलबारदेखि लागू हुने गरी नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर पनि ५ हजारसम्म ल्याउन/लैजान सकिने गरी सीमा तोकिएको हो ।

सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा २९(क) अनुसार नेपाली नागरिकले कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत नेपाली रु. ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बाराबरको अन्य विदेशी मुद्रा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने सीमा तोकिएको विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगालाले जारी गरेको सूचनामा उल्लेख छ ।

हार्दिक शुभकामना !

तोकिएको सीमाभन्दा बढी रकम ल्याउने या लैजानु पर्ने बाध्यता भएको खण्डमा मुद्रा विनिमय पत्रको विवरण भन्सार अधिकारीसमक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत ल्याउने÷लैजाने भएमा सम्बन्धित कार्गो, कुरीयर, हुलाकसमक्ष सो कुराको उद्घोषण गर्नुपर्ने समेत सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर