एजेन्सी । कुनै समयको विश्व प्रख्यात मोबाइल कम्पनी नोकियाले अहिलो आफ्नो अर्को स्मार्टफोन नोकिया एक्स फाइभ लञ्च गर्दै छ । नोकिया ब्राण्डको मोबाइल नोकिया एक्स फाइभ मंगलबार (आज) सार्वजनिक गरिँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले यसलाई सार्वजनिक गर्न लागेको हो ।

यसअघिनै जुलाई ११ मा सार्वजनिक गर्ने भनिएको एक्स फाइभ ६ दिन पछि सर्न गयो । अघिल्लो स्मार्टफोन नोकिया एक्स सिक्स केवल चीनमा मात्रै लञ्च गरिएकोमा नोकिया एक्स फाइभ चाहीँ विश्वभर नै लञ्च गरिनेछ ।

हार्दिक शुभकामना !

नोकिया एक्स फाइभमा पछिल्लो भाग सिसाको हुनेछ भने फुल स्क्रिन डिस्प्ले रहनेछ । फोनमा डुअल रियर क्यामरा तथा फिंगरप्रिन्ट सेन्सर रहेको छ । एलइडी फ्लासलाइट युक्त १३ प्लस २ मेगापिक्सेलवाला डुअल रियर क्यामरा सेटअप रहेको बताइएको छ ।

नोकियाको एक्स फाइभ सुपथ मूल्यको हुने र यो सस्तो र गुणस्तरीय स्मार्टफोनका पारखीहरुको रोजाइमा पर्ने दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर