
काठमाडौं, असार ३१ । जारी विश्वकप फुटबल २०१८को शनिबार राति भएको खेलमा इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराउँदै बेल्जियम तेस्रो बनेको छ ।
सुरुवाती ४ मिनेटमैं थोमस मुनिरको गोलबाट अग्रता लिएको बेल्जियमले विश्वकप भरी प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिमेन बाँकी रहँदा गरेको गोल नै बेल्जियमको लागि निर्णायक बन्यो र इंग्ल्याण्डविरुद्ध निर्धारित समयको खेल सकिदाँ २–० को जित निकाल्न सफल भयो ।