त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

नुवाकोट, असार २६ । २१ मेगावाट क्षमता भएको त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । स्थानीयबासी उपेन्द्र मिश्रले बताए अनुसार जलविद्युत् केन्द्रमा आगलागी भएपछि जिल्लाभरको विद्युत् सेवा अवरुद्ध भएको छ ।

आगो लागेपछि नियन्त्रणमा लिने प्रयास भइरहे पनि अवस्था नियन्त्रण बाहिर रहेको बताइएको छ । दमकल लान समस्याा भएपछि आगोलाई ग्यासको प्रयोग गरेर निभाउने कोशिश भइरहेको छ ।

गत वर्ष पनि यही जलविद्युत् आयोजना आयोजनामा मुसाले तार काटेपछि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्त कुँवरका अनुसार मंगलबार जलविद्युत् केन्द्रको ब्रेकर पड्केर आगलागी भएको हो ।