झर्रोटर्रो : अधिनायकवाद

प्रकाशित मिति : २०७५ असार २६

- कैलुब्राह ([email protected])

‘अधिनायकवाद’ भन्ने शब्द राजनीतिमा प्रयोग हुने दार्शनिक पदावली हो । अहिले यो पदावलीको नयाँ परिभाषाको आविष्कार भएको छ । यस्तो आविष्कार गर्ने दार्शनिक नेपाल मण्डलमा जन्मिएका छन् । यो हामी नेपाली मनुखेहर्का लागि बडा गौरवको कुरो हो । त्यसमा पनि कम्निसहर्का लागि त हुँदै हो । हाम्रो देशाँ पनि नयाँ दार्शनिकको जन्म हुनु कम्ता कुरो हो ? अब हाम्ले दुनियाँका अगाडि धाकधक्कु लाएर हिँड्न पाउने भइम् । हाम्रो राजनीतिमा हाम्रै दर्शनको फलो गर्नु पर्च भन्ने मेरो ठहर छ । बेकारमा सातसमुन्द्र पारीका दार्शनिकहर्लाई हाम्ले किन मानिराख्न प¥यो । अहिलेसम्म माक्र्सवादको विकल्पमा नयाँ दर्शन आएकै थिएन । अब त्यो जमाना गयो । माक्र्सवादको विकल्प पनि आयो । त्यो पनि हाम्रै देशाँट ।

यस्तो महान् दार्शनिक हुन् उखाने सरकारका पुलिस मन्तरी । अर्थात् उनलाई उनका हालका दुई नम्बरी अध्यक्षले एक जमानामा ‘लिनप्याओवादी’ भनेर नाउँ राखिदिएका थिए । ती अध्यक्ष बाहुन परे, उनको कामै न्वारान गर्ने । बाहुनले आपूmलाई घटिया नाउँ राख्यो भनेर त्यसको झोँक फेर्न केही समए यिनले पनि आफ्ना सुप्रिमोलाई लात्ताले ब्वाङ्ङ हिर्काएर पाटी छोडे । त्यसपछि यिनले पनि सुप्रिमोलाई लालगद्दार, केकेजाति दलाल भनेर छालै काढेर नाउँ राखे ।

माक्र्स बूढादेखि माओ बूढा र पृथ्वी मण्डलका सबै झर्रा कम्निसहर्ले अधिनायकवाद सत्ताले चलाउने हतियार हो भन्ने गर्चन् । तर अब त्यस्तो रहेन । कम रेड ‘लिनप्याओवादी’को परिभाषामा अधिनायकवाद सत्ताले चलाउने हतियार हैन । यो त सत्ता बाइर बसेका रैती मनुखेहर्ले सरकारलाई चलाउने हतियार पो हो । रैतीले चलाएको अधिनायकवाद तोड्न सरकारले पुलिसको डण्डा लगाउँच । अधिनायकवादीहर्लाई झपटेर ल्याउँच र जेलमा कोचेर ठिक पार्च । त्यतिले पनि अधिनायकवादीहर्ले टेरेनन् भने बन्दुक चलाएर ठिक पार्च । यो हो सरकारको अधिनायकवादलाई ठिक पार्ने काइदा ।

एक दिन गफाडीहर्काे अखाडा संसदाँ मान्येहर्ले सोधेका प्रश्नको उत्तर दिनेबेला पुलिस मन्तरी कम रेड ‘लिनप्याओवादी’ ले सरकारले गर्न ला’को काममा भाँजो हालेर अनसन बसिरहने डाक्टर अधिनायकवादी हुन् भनेर घोषणा गरिदिए । त्यस्ता अधिनायकवादीहर्लाई कसरी ठिक पार्ने भन्ने कुरा सरकारले पनि जानेको छ भने । अधिनायकवादीहर्को अधिनायकवाद सहेर टुलुटुलु हेरेर सरकार हातमा दही जमाएर नबस्ने बताए । बास्तबमा उनले सही भनेका हुन् । सरकारले अधिनायकवादीलाई फैलन दिन हुन्न । तिनलाई जतिसक्यो चाँडो ठिक पारिहाल्नु पर्च ।

बास्तबमा अधिनायकवादी सरकार हुँदो रैनच । आजसम्म हामी कम्निस भ्रममा परेका रैचम् । गरिवगुरुवाका लालावालाले पनि सजिलै डाक्टर पढ्न पाउने व्यवस्था सरकारले बनाउन पर्च, गरिवगुरुवाले सजिलै र सस्तैमा उपचार गर्न पाउन पर्च, देशैभरी सरकारले डाक्टर गाउँगाउँमा पठाएर अस्पताल खोल्न पर्च, दलालहर्ले मनपरी पैसा लिएर डाक्टर पढाउने व्यवस्था खारेज गर्न पर्च भनेर आन्दोलन गर्ने र सरकारका विरुद्ध दागा धरेर अनसन बस्ने डाक्टर बास्तबमा घोर अधिनायकवादी हुन् । सरकारले जुलुस लाउन बन्द गरेर निषेधाज्ञा जारी गरेका ठाउँमा जुलुस लाउन पाउन पर्च भनेर आन्दोलन गर्ने पनि अधिनायकवादी नै हुन् । घर बसीबसी भत्ता खान खोज्ने बूढाबूढी पनि अधिनायकवादी, रोजगारी चाहियो भनेर आवाज उठाउने बेरोजगारहरू अधिनायकवादी, महङ्गीको विरोध गर्ने जनता पनि अधिनायकवादी हुन् । औषधी उपचार नपाएर मर्ने गरीबहरू, खान नपाएर मर्ने सुत्केरीहरू सबै अधिनायकवादी हुन् । तस्कर डनहर्को विरोध गर्नेहरू पनि अधिनायकवादी । असारे विकास गर्ने ठेकेदारहर्को विरोध गर्ने पनि अधिनायकवादी, कोशीले डुवेर मर्ने तराईका रैतीजनहरू पनि अधिनायकवादी, भूकम्पले भत्काइदिएर घरबार विहिन भएकाहरू पनि अधिनायकवादी, पहिरोले पुरिएका गरीबगुरुवाहरू पनि अधिनायकवादी हुन् । रेल गुडाउने र पानीजाँ’ज कुदाएर समृद्ध देश बनाउँचु भन्दा हावादारी गफ भनेर उडाउनेहरू पनि अधिनायकवादी । अपर कर्णाली, अरुण तेस्रो विदेशीलाई बेचेकोमा विरोध गर्नेहरू पनि घोर अधिनायकवादी हुन् । यी सबै तहतहका अधिनायकवादीहर्लाई ठाउँका ठाउँ पकडेर जेलमा कोचेर ठिक पार्न पर्च । नत्र यिनले देश समृद्ध गराउन पनि दिन्नन् सुखी नेपाली बन्न पनि दिन्नन् ।

२३ असार २०७५