सोलुखुम्बुमा भएको जीप दुर्घटनामा परी ७ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा शुक्रबार बिहान भएको जीप दुर्घटना परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौंतर्फ आउँदै गरेको को १ ज १८६० नम्बरको जीप बिहान ८ बजे बरडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका सातै जनाको अहिलेसम्म नाम ठेगाना खुल्न सकेको छैन । जीपमा आठ जना सवार रहेको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।