काठमाडौंसम्म महसुस गरियो भूकम्पको धक्का

काठमाडौंसम्म महसुस गरियो भूकम्पको धक्का

काठमाडौँ, असार १४ । उपत्यका र यसको वरपरका जिल्लाहरुमा भूकम्पको धक्का महसुस हुन गएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा उक्त धक्काको महसुस भएको हो ।

भूकम्प मापन यन्त्रको मापनअनुसार महसुस गरिएको धक्काको केन्द्रविन्दु धादिङ जिल्ला रहेको छ । मापनअनुसार धादिङको सुनौलो बजारबाट साढे चार किलोमिटर उत्तरपश्चिम पर्ने क्षेत्रलाई केन्द्रविन्दु बनाएको बताइएको छ ।

मापन अनुसार भूकम्पको गति ५ म्याग्निच्युडको रहेको जनाइएको छ ।