काठमाडौं, असार ९ । राष्ट्रिय परीक्षा बोर्डले एस्ईई परीक्षा नतिजा शनिबार (आजै) प्रकाशित गर्दै छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार शनिवार ४ बजेसम्म नतिजा प्रकाशित भइसक्ने छ । सो कुरा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताएका हुन् ।
यो भन्दा पूर्व नै परीक्षा नतिजा प्रकाशित गरिसक्ने बताइए पनि विद्यार्थीको चढाइएका नम्बर रुजू गर्ने कामले ढिलाइ भएको थियो । यसलाई परीक्षा नियन्त्रक रेग्मीले केही प्राविधिक समस्या भनी बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको आँकडाअनुसार यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक शिक्षातर्फबाट ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत् गरिदै छ ।